
एजेन्सी । यसै सिजनको च्याम्पियन्स लिग विजेत जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड हात पारेका छन् ।
लेवान्डोस्की सन् २०१९/२० सिजनको उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन । लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुयना, बायर्नकै गोलकिपर म्यानुयल नुएर पछि पार्दै अवार्ड जितेका हुन ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…