
Barcelona
एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दश खेलाडीमा सीमित बार्सिलोनाले सेल्टाभिगोलाई ३-० गोलले पराजित गर्दै रियल मड्रिडसँगको अंक दुरी घटाएको छ । रियल ७ अंक छ । बार्सिलोना यो जितसँगै ६ अकं छ ।
पहिलो हाफ हुनु अघि नै दश खेलाडीमा समेटिएको बार्सिलोनालाई उपहार गोलले पनि जितलाई फराकिलो बनाउन महत्वपूर्ण योगदान दियो । युवा खेलाडी अन्सु फातीको गोलबाट अग्रता लिएको बार्सिलोना पहिलो हाफ अघि नै दशजनामा समेटिएको थियो । ११ औं मिनेटमा गोलको खुशी मनाउँदा ४२ औं मिनेटमा क्लिमेन्ट लेंगेट रातो कार्ड खाँदै बाहिरिएको पीडा बार्सिलोनाले सहनुपर्यो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको बार्सिलोनाले ५१ औं मिनेटमा गोलको उपहार पाउँदा लेंगेट बाहिरिएको पीडामा मल्हम लगायो । लुकास ओलाजाले आत्मघाती गोल गर्दै बार्सिलोनालाई गोलको उपहार टक्र्यायो । इन्जुरी समयमा थप एक गोल गर्दै बार्सिलोनाले फराकिलो अन्तरसँगै जित पक्का गर्यो । सेर्गी रोर्बटोले ९० प्लस ५ मिनेटमा गोल गरेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…