
Arsenal # Quaterfinal#carabao cup
एजेन्सी-तेस्रो चरणको काराबाओ कपमा आर्सनलले लिभरपुललाई पराजित गर्दै तीन अघि प्रिमियर लिगमा हारको बदला लिएको छ। शुक्रबार विहान भएको प्रतिस्पर्धा आर्सनलले पेनाल्टी सुटआउट(सडन डेथ)मा ५-४ गोल अन्तरले पराजित गर्दै क्र्वांटरफाईनल प्रवेश गरेको हो ।
निर्धारित समय र थपिएको समयमा गोलरहित टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउमा लिभरपुलका दुई खेलाडीको पेनाल्टी खेर गएपछि आर्सनलले जित्यो । आर्सनलका लागि एक खेलाडीले पेनाल्टी सुटआउटमा बाहिर फालेका थिए ।
५-५ पेनाल्टी प्रहारमा दुवैको एक एक पेनाल्टी सुट खेर गएको थियो । निर्णायक पेनाल्टी(सडन डेथ)मा भने आर्सनलले गोल गर्दा लिभरपुलका ह्यारी विल्सनको पेनाल्टी गुमेपछि आर्सनलले जितको खुशी मनायो । आर्सनलका लागि निर्णायक पेनाल्टी जोसेप विलकले गोल गरेका थिए ।
पेनाल्टी सुटआउटमा आर्सनलका मोहम्मद एल्नेनी र लिभरपुलका डिभोच ओरिगीले गोल गर्नबाट चुकेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…