
एजेन्सी, असोज १७ । फ्रान्सेली शीर्ष डिभिजनको खेल लिग वान अन्तर्गत गए राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी भएको छ ।

एसजीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एंगरमाथि ६–१ को फराकिलो जित निकालेको हो । फराकिलो जित निकाल्ने क्रममा पिएसजीले पहिलो हाफमा २ र दोस्रो हाफमा ४ गोल थप्दा एक गोल खान पुगेको थियो ।
पिएसजीलाई फराकिलो जित निकाल्नका लागि नेइमारले दुई गोल गर्दा खेलको ३६औं र ४७औं मिनेटको अवसरलाई सदुपयोग गरेका थिए । ३–१ को अवस्थामा भ्रमणकारी टोली एंगरले खेलमा फर्किन प्रयास गरेपनि बाँकी समयमा सम्हालिन सकेन् ।
यससँगै साविकको च्याम्पियन पिएसजीले नयाँ सिजनको खेलमा चौथो जित निकालेको छ । ६ खेल सम्पन्न हुँदा पिएसजीले तालिकामा १२ अंक बनाएको छ । उता पराजित एंगरको भने समान ६ खेलबाट ९ अंक रहेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…