
सादियो माने
एजेन्सी-सेनेगलका लिभरपुल स्ट्राईकर सादियो मानेलाई कोरोना भारइस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमित भएपछि माने अनिवार्य रुपमा मार्गनिर्देशन अनुसार सेल्फ आईसोलेसनमा बसेका छन् ।
गत मंगलबार इग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनल विरुद्ध ३)१ गोलले पराजित गरेको थियो । त्यही दिनमा उनलाई सामान्य लक्षण देखिएपछि पूर्ण रुपमा स्वास्थ्यमा भने कुनै समस्या भने देखिएको थिएन् । थियागो अलकान्तारा र क्लबले उनलाई नियमित रुपमा प्रत्यक्ष निगरानी गरिरहेका छन् । माने आईसोलेसन समयावधिसम्म बस्ने छन् ।
लिभरपुलले भोलि आईतबार एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धाको समयमा उनको उपस्थिति भने हुने छैन् । १७ अक्टोबरमा भने एभर्टनसँग र २१ तारिखमा भने यूइएफ च्याम्पियन्स लिग अन्तर्गत अजाक्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…