क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले निकाल्यो सहज जित

- प्रिमियर लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १७ गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज १७ । यसै सिजन अनुबन्ध भएका बेन चिलवालले डेब्यु खेलमा गरेको गोलसँगै शनिबार चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–० को शानदार जित निकालेको छ ।

डिफेन्डर हावी भएको खेलमा चिलवालका अलावा कुर्ट जुमाले एक गोल गर्दा जोर्गिनोले पेनाल्टीबाट दुई गोल थप्दै टोलीलाई सहज जित दिलाएका हुन् । चेल्सीको घरेलु मैदानमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसले धेरै काउन्टरको प्रयास गरे पनि असफल भएको थियो । चेल्सीमा फरवार्ड भन्दा डिफेन्डर हावी भएका थिए ।

पहिलो हाफ गोल रहित बराबरी खेलको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट खेल देखाउन सफल भएको थियो । निकै रोमाञ्चक बनेको खेलमा चेल्सीका लागि चिलवालले ५०औं मिनेटमा टोलीको खाता खोलेका थिए । ६६औं मिनेटमा जुमाले गोल थप्दा खेल २–० को अवस्थामा पुगेको थियो । अन्तिम १५ मिनेट पाहुना टोली क्रिस्टल खेलमा फर्किने प्रयास गर्दै काउन्टरमा उत्रिए पनि चेल्सीले उल्टै काउन्टर गर्ने क्रममा पेनाल्टी क्षेत्रमा फाउल हुँदा पेनाल्टीबाट दुई गोल थप्यो । जोर्गिनोले ७८औं र ८२औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दा चेल्सीले शानदार जित निकाल्न सफल भएको हो ।

जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ । ७ अंक बटुलेको चेल्सीसँग पराजित क्रिस्टल प्यालेसले जारी लिगमा दोस्रो पराजय भोगेको छ । तालिकामा प्यालेसको ६ अंक छ ।