म्यानचेस्टर सिटीलाई लिड्सले रोक्यो

- प्रिमियर लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज १८ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई यसै सिजन बढुवा भएको लिड्सले १–१ को बराबरीमा रोकेको छ ।

नयाँ सिजनको लिग सुरुआत भएसँगै खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले १७ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलबाट अग्रता लिए पनि कायम राख्न असफल रह्यो ।

पहिलो हाफमा लिएको अग्रता पछि सिटीविरुद्ध आक्रामक देखिएको लिड्सले ५९ औँ मिनेटमा रोड्रिगोको गोलबाट बराबरी गोल फर्कायो ।

यससँगै म्यानचेस्टर सिटीले तीन खेलबाट मात्रै चार अंक जोडेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–०, एभर्टनले ब्राइटनलाई ४–२ तथा न्यूक्यासलले बर्नलीलाई ३–१ ले पराजित गरेको छ