काभानी एक वर्षको लागि म्यानचेष्टर युनाईटेडमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Ed.Cavani

एजेन्सी-युभेन्टसबाट बाहिरिएका उरुग्वीयन स्ट्राईकर एडिसन काभानी म्यानचेष्टर युनाईटेड पुगेका छन् । उनी एकवर्षको सम्झौताको लागि आईतबार लण्डन आईपुग्ने छन् ।

३३ वर्षिय काभानीले आफनो व्यक्तिगत प्रक्रिया पुरा गरेका छन् । उनका एजेन्टले १० मिलियन युरोको प्रस्ताव समेत गरेका छन् ।अर्को वर्ष सम्झौता थप्ने सम्भावना पनि उत्तिकै छ । काभानी बेनफिका र एथलेटिको मड्रिड जाने सम्भावना भने यो सिजन कम छ ।

काभानीले युनाईटेडसहित अन्य क्लबमा जानको लागि इच्छा देखाएका थिए । युनाईटेडले युनाईटेडले बोरुसिया डर्टमण्डका जाडोन सान्चोको भित्रयाउन खोजेको थियो । सान्चोको लागि डर्टमण्डले १२० मिलियन युरोको प्रस्ताव गरेकोप्रति युनाईटेड इच्छुक रहन भने सकेको छैन् ।

काभानीले पिएजसी(पेरिस सेन्ट जर्मेन)मा सात सिजन विताए । ११५ खेलमा काभानीले देशका लागि ५० गोल समेत गरेका छन् । युनाईटेड च्याम्पियन्स लिगमै समूहगत प्रतिस्पर्धामा पिएसजीसँग प्रतिस्पर्धा गर्ने छ । अजाक्सबाट जोनी भान डी बिकलाई भित्र्याएको छ ।