लण्डन म्याराथनबाट एथोपियन धावक बेकेलेले फिर्ता लिए नाम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Bekele

एजेन्सी(लण्डन)-केहीदिनपछि हुने ४० औं लण्डन म्याराथनको सँस्करणबाट सर्वाधिक सफल धावक एथोपियाका केनेनिसा बेकेलेले आफनो नाम फिर्ता लिएका छन् । बेकेलेल काल्फमा भएको समस्याका कारण लण्डन म्याराथनबाट आफनो नाम फिर्ता लिएका हुन् ।

म्याराथनकै तयारीमा रहदाँ गतसातामात्रै उनको काल्फमा समस्या देखिएको हो । समस्या देखिएपछि लण्डन म्याराथनबाट नाम फिर्ता लिन बाध्य भए । मैले प्रत्येक लिन ट्रिटमेन्ट गरिरहेको छु । मलाई विश्वास छ कि म तयार हुन सक्छु , तर आज निकै खराब छ र मलाई अहिले थाहा छ म दौडिन सक्दिन ।

उनले थपेका छन् यो दौड मेरा लागि निकै महत्वपूर्ण छ । गतवर्ष बर्लिनमा दौड पुरा गरेको समयले मलाई उर्जा र हौसला दिएको छ । बर्लिनमा उनको समय २ घण्टा १ मिनेट ४१ सेकेण्डको छ । जुन विश्व किर्तिमान समय भन्दा दुई सेकेण्ड कम हो । केन्याली धावक इलिउड किप्चोगेको नाममा छ । उनले दुई वर्ष अघि बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पुरा गरेका थिए । ३७ वर्षका किक्चोगेले बर्लिन म्याराथनमा रेकर्डलाई १ मिनेट १८ सेकेण्डले पछि पारेका थिए ।