
Bekele
एजेन्सी(लण्डन)-केहीदिनपछि हुने ४० औं लण्डन म्याराथनको सँस्करणबाट सर्वाधिक सफल धावक एथोपियाका केनेनिसा बेकेलेले आफनो नाम फिर्ता लिएका छन् । बेकेलेल काल्फमा भएको समस्याका कारण लण्डन म्याराथनबाट आफनो नाम फिर्ता लिएका हुन् ।
म्याराथनकै तयारीमा रहदाँ गतसातामात्रै उनको काल्फमा समस्या देखिएको हो । समस्या देखिएपछि लण्डन म्याराथनबाट नाम फिर्ता लिन बाध्य भए । मैले प्रत्येक लिन ट्रिटमेन्ट गरिरहेको छु । मलाई विश्वास छ कि म तयार हुन सक्छु , तर आज निकै खराब छ र मलाई अहिले थाहा छ म दौडिन सक्दिन ।
उनले थपेका छन् यो दौड मेरा लागि निकै महत्वपूर्ण छ । गतवर्ष बर्लिनमा दौड पुरा गरेको समयले मलाई उर्जा र हौसला दिएको छ । बर्लिनमा उनको समय २ घण्टा १ मिनेट ४१ सेकेण्डको छ । जुन विश्व किर्तिमान समय भन्दा दुई सेकेण्ड कम हो । केन्याली धावक इलिउड किप्चोगेको नाममा छ । उनले दुई वर्ष अघि बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पुरा गरेका थिए । ३७ वर्षका किक्चोगेले बर्लिन म्याराथनमा रेकर्डलाई १ मिनेट १८ सेकेण्डले पछि पारेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…