म्यानचेष्टर युनाईटेडले टोटनह्यामलाई स्वागत गर्दै

- प्रिमियर लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Tot Vs Manu

एजेन्स-इंग्लिस प्रिमियर लिग अन्तर्गत आज म्यानचेष्टर युनाईटेड र टोटनह्याम हट्सपर बीच प्रतिस्पर्धा हुदैं छ । युनाईटेडले टोटनह्यामलाई ओल्डट्राफोर्डमा स्वागत गर्ने छ । आतित्थलाई टोटनह्यामले अविस्मरणीय बनाउने लक्ष्य छ ।

युनाईटेड भने महत्वपूर्ण तीन अंकको लागि पाहुना टोलीसँगै खेल्ने छ । बिङंटनसँगको खेलमा विवादस्पद ३-२ गोलको नजितासँगै युनाईटेड तीन अंक जोडेको थियो । युनाईटेडले दुई खेलमा केवल ३ अंक मात्रै जोडेको अवस्था छ । खराब लयसँगै सिजन शुरु गरेको युनाईटेडले ब्रिङटनमाथि जित निकाल्दै ३ अंक बटुलेको हो । अंक तालिकामा युनाईटेड भने १३ औं स्थानमा छ । घरेलु मैदानमा स्पष्ट जीतको लक्ष्यमा रहेको युनाईटेडलाई रोक्ने लक्ष्यमा टोटनह्याम छ ।

टोटनह्याम भने ३ खेलबाट ४ अंकसहित लिगको १० औं स्थानमा छ । एक जित, एक बराबरी र एक हारसँगै ४ अंकमा छ । टोटनह्यामले पनि सिजन हारबाटै शुरु गरेको हो ।

खेल पण्डितको प्रिडिक्सन अनुसार खेल टोटनह्यामले जित्ने आकलन गरेका छन् । युनाईटेडबाट मागुईरे, पोग्बा, रासफोर्ड, फर्नान्डेज तथा मार्सियल लगातका खेलाडी उत्रिने छन् । टोटनह्यामबाट डियर, सान्चेज, लो सेल्सो, केन, कोरियन खेलाडी सन तथा लुकास खेल्ने सभावना छ । खेल पत्रिका इभिनिङ स्टाण्डर्डले गरेको अनुमान अनुसार टोटनह्याम–२ म्यानचेष्टर युनाईटेड १ गोलमा टुंगिने छ ।