
Pedro, AS ROMA
एजेन्सी-पेड्रोको निर्णायक गोलसँगै एएस रोमाले इटालियन सिरीमा युडिनेजलाई १-० गोलले पराजित गरेको छ ।
पेड्रोले ५५ औं मिनेटमा निर्णायक गोल गरेपछि रोमाले जितसँगै तीन अंक जोड्दै अंक तालिकामा आठौंमा उक्लिएको छ ।
पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफमा एक गोल निस्किएको हो । खेलको १२ औं मिनेटमा युडिनेजका स्टेफानो ओकाकाले हानेको प्रहार गोलकिपरकै हातमा परेको थियो ।
१९ औं मिनेटमा पेड्रोले लियोनार्दो स्पान्जोलाको क्रसपासलाई सदुपयोग गर्दैको सट बचाउ भएको थियो । २२ औं मिनेटमा रोमाको अर्को अवसर गुम्यो । आईबेन्चले दिएको पासलाई इडेन जेकोको प्रहार बाहिरिएको थियो ।
३३ औं मिनेटमा युडिनेजका रोर्बटो पिरेयराले केभिन लासांगाले मिलाईदिएको पासलाई सदुपयोग गर्न सकेनन् । ६९ औं मिनेटमा युडिनेजका स्टेफानो ओकाकाले नाहुल मोलिनाको पासलाई खेर फालेपछि बराबरी गोल गर्ने अवसर गुमाएका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…