एक सेकेण्डले सुरालाई लण्डन म्याराथनको उपाधि

- लण्डन म्याराथन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Ethiopia’s Shura Kitata, center, celebrates after winning the London Marathon Photograph: Richard Heathcote/AP

एजेन्सी(लण्डन)-आईतबार भएको लण्डन म्याराथनको उपाधि इथोपियन धावक साउरा किताताले जितेका छन् । उनले एक सेकेण्डले म्याराथनको उपाधि आफनो नाममा लेखाएका हुन् ।

४२.१९५ किलोमिटरको म्याराथनलाई उनले २ घण्टा ५ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले अघिल्लो वर्षको रेकर्ड भने तोड्न सकेनन् ।

्लण्डनको जेम्स पार्कमा आयोजित म्याराथनको दोस्रो स्थानमा भिनसेन्ट किपचुम्बा रहे । उनले २ घण्टा ५ मिनेट ४२ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने सिसे लेमा रहे । उनी ३ सेकेण्डले मात्रै पछि परे । उनको टाईमिङ २ घण्टा ५ मिनेट ४५ सेकेण्ड थियो ।

बर्लिन म्याराथनमा केन्याली धावक इलिउड किप्चोगे बनाएको रेकर्ड तोडिएको छैन् । उनले दुई वर्ष अघि बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पुरा गरेका थिए । लण्डन म्याराथनमा भने किप्चोगे भने म्याराथनमा आठौं स्थानमा आईपुगेका थिए ।