प्रिमियर लिग, वेष्टह्यामको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


westham score

एजेन्सी- एकसाता अघि मात्रै म्यानचेष्टर सिटीलाई धुलाई गरेको लिसेष्टर सिटी आईतबार वेष्टह्याम युनाईटेडसँग लज्जास्पद हार व्यहोरेको छ । आईतबार वेष्टह्यामले लिसेष्टरमाथि ३-० गोलले पराजित गर्दै तीन अंक स्कोरकार्डमा थप्न सफल भयो ।

पहिलो हाफदेखि नै दबावमा राखेको वेष्टह्यामले लिसेष्टरको पोष्टमा १४ औं मिनेटमा पहिलो गोल सम्भब बनाएको थियो । १४ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै मिचेल एन्टोनियोले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । लिसेष्टरका केगलर सोयुन्सुले फाउल गरेपछि वेष्टह्यामले फ्रिकिको अवसर पाएको थियो ।

पहिलो हाफकै ३४ औं मिनेटमा दोस्रो गोल गर्दै वेष्टह्यामले लिसेष्टरमाथि दबाव बढायो । पाब्लो फर्नाल्सले एरोन क्रेसवेलको पासलाई सदुपयोग गर्दै दोस्रो गोल सम्भव बनाए । पहिलो हाफमै दुईगोलले पछि परेको लिसेष्टर हाफपछि लयमा फर्किने कोशिसमै जुटिरह्यो । पाब्लो फर्नाल्सको कर्नरबाट मिलाएको क्रसपासलाई सदुपयोग गर्दै जारोड बोविनले वायाँ खुट्टाले हानेको सट सिधै पोष्टभित्र छिरेपछि वेष्टह्यामले ३-० गोल अन्तरको नजितासँगै तीन अंक जोड्यो । जितसँगै वेष्टह्याम अंक तालिकामा ७ औं स्थानमा उक्लिएको छ ।

उता साउथह्यामटनले पनि वेष्ट ब्रमिचलाई २-० गोलले पराजित गरेको छ । खेलको ४१ औंं मिनेटमा माउसा डिजेनेपोले गोल गरे भने दोस्रो गोल ओरिओल रोमेउले ६९ औं मिनेटमा गोल गरेका थिए ।