नापोली र युभेन्ट्स बीचको खेल स्थगित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


Napoli Player

एजेन्सी-खेलाडी तथा क्लबका पदाधिकारीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि नापोली युभेन्ट्स विरुद्धको खेलमा मैदानमा उत्रिएन् । खेल स्थगित गरिएको छ । नापोली टुरिन प्रस्थान गर्न अस्वीकार गरेको छ । नापोलीका प्लेईग सेटकै खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि टुरिन जान अस्वीकार गरेको हो ।

नपोलीले सोमबार विहानको खेल स्थगित गर्दै अर्को मिति तय गर्न आग्रह गरेको छ । तर सिरी एले त्यसलाई अस्वीकार गरिदिएको छ । नापोली युभेन्ट्स भ्रमणमा ननिस्किए युभेन्ट्सको पक्षमा नजिता ३-० जाने उल्लेख थियो ।

नापोलीको स्क्वाडमा रहेका पायोट जेइलिन्स्की र इल्जिफ इल्मस कोरोना संक्रमण देखिएपछि नापोली समस्यामा देखिएको हो । नापोलीका खेलाडी तथा पदाधिकारी गरी २२ जनालाई कोरोना संक्रमण देखिएको छ । गत हप्ताको शनिबार टोरिनो बीचको खेल पनि स्थगित भएको थियो । नापोलीका १७ जना खेलाडी तथा पदाधिकारीमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।