रियल मड्रिड लिगको शीर्षस्थामा उक्लियो

- ला लिगा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


Real Madrid goal celebration

एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत आईतबार राती भएको भएको प्रतिस्पर्धामा रियल मड्रिडले लेभान्टेलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको छ ।

ब्राजिलियर युवा खेलाडी भिनिसियस जुनियर तथा करिम बेन्जेमाको गोलमा रियलले लेभान्टेलाई २-० गोलले पराजित गरेको हो । भिनिसियसले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १-० ले अगाडि बढेको रियलले खेलको अतिरिक्त समयमा करिमा बेन्जेमाले गोल गर्दै जित सुनिश्चित बनाए । बेन्जेमाले इन्जुरी समयको ५ औं मिनेट(९० प्लस ५) गोल गरेका थिए ।