
एजेन्सी, असोज १९ । डिफेन्डिङ च्याम्पियन लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति पराजित भएको छ ।

लिभरपुललाई एस्टन भिल्लाले ७–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली एस्टन भिल्लाका लागि ओली वान्ट्किन्सले चाैंथो, २२औं र ३९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेएलिशले ६६औ र ७५ औँ मिनेटमा गोल गरे भने ३५ औँ मिनेटमा जोन म्याकगिन र ५५ औँ मिनेटमा रस बाक्र्लीलेले गोल गरे ।
लिभरपुलका लागि मोहम्मद सालहले ३३औं र ६० औँ मिनेटमा दुई गोल फर्काएका थिए । आइतबारको जित पछि एस्टन भिल्लाले लगातार तीन खेलमा जित निकाल्दै तालिकामा ९ अंक जोडेको छ ।
लिगमा पहिलो हार बेहोरेको लिभरपुलको चार खेलबाट ९ अंक छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…