बार्सिलोना र सेभिल्ला एक एक गोलको बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


गोलगरेपछि खुशी मनाउँदै फिलिप कान्टिन्हो ।

एजेन्सी-बार्सिलोनाले गएराती सेभिल्लासँग एक एक गोलको बराबरीमा खेल टुग्याएको छ ।
बार्सिलोनाले खेलमा कमब्याक गोल गरेको थियो । दुवै गोल पहिलो हाफमा सम्भवन हुन पुग्यो ।
खेलको ८ औं मिनेटमा लुक डि जोंगले सेभिल्लाको लागि गोलको खाता खोल्दै अग्रता दिलाए ।
बार्सिलोनाले पनि दुई मिनेट पछि नै गोल गर्दै बराबरीमा ल्यायोा ।
ब्राजिलियन स्ट्राईकर फिलिप कान्टिन्होले १० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । थप गोल कुनैपनि टिमबाट हुन सकेन् र खेल बराबरीमा टुंगियो ।
केही दिन अघि मात्रै बार्सिलोनामा भित्रिएका सर्जिनो डेष्टले सेभिल्ला विरुद्ध डेब्यु गरेका थिए ।