
लण्डन म्याराथनमा सहभागि धावकहरु
एजेन्सी(लण्डन)लण्डन म्याराथन शुरु भएको ४० वर्ष भएको छ । यो ४० वर्षको इतिहासमा सबैभन्दा धेरै लण्डन प्याराथन दौडको उपाधि अफ्रिकी मुलुक केन्याली धावकको नाममा छ ।
सन १९८१ मा देखि शुरु भएको दौड अमेरिकन धावक डिक ब्राडस्ले र नर्वेजियन धावक इन्ज सिमोन्सन बराबरीमा टुंगिएको थियो । त्यतिबेला उनीहरुको दौडको समय २ घण्टा ११ मिनेट ४८ सेकेण्ड थियो जुन त्यतिबेलाको कोर्ष रेकर्डको रुपमा रहेको थियो ।
त्यसपछिको चार वर्ष बेलायती धावकको नाममा उपाधि लेखिन पुग्यो । १९८५ मा बेलायती धावक स्टेभ जोन्सले २ घण्टा ८ मिनेट १६ सेकेण्डमा पार गर्दै कोर्ष रेकर्ड आफनो नाममा लेखाउन सफल भए । १९८६ र १९८७ को म्याराथनको उपाधि जापानीज धावकले जित्न सफल भए ।
सन २००४ पछिको लण्डन म्याराथनको उपाधि केन्या र एथोपियन धावकले आफनो बर्चस्व जमाउँदै आएका छन् । १५ पटक केन्याली धावकको नाममा म्याराथनको उपाधि लेखिएको छ । एथोपियन धावक तीन पटक म्याराथन जितेको तथ्यांक छ ।
पोर्चुगलका धावकले तीन पटक म्याराथन जित्दा मेक्सिकन धावकले डिओनिसियो सेरोनले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेका थिए । केन्याका धावक इलोड किप्चोगेले चारपटक उपाधि जितेका छन् ।
केन्याकै मार्टिन लेलले भने तीन पटक जित्न सफल भएको तथ्यांक । केही दिन अघि मात्रै भएको प्रतिस्पर्धामा एथोपियाका धावक सुरा किताता तोलाले जितेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…