बार्सिलोना अल्भाससँग बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


बल कटाउने प्रयासमा मेस्सी ।

एजेन्सी-दश खेलाडीमा सीमित अल्भाससँग बार्सिलोनाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बार्सिलोनालाई जोगाउन भने एन्टोनोई ग्रिजमनले पुनरागमन गोल गरेका थिए ।

स्पेनिस ला लिगा अन्तर्गत आईतबार विहान भएको खेलको पहिलो हाफमै बार्सिलोना पछि परेको थियो । गोल फर्काउँदै खेलमा फर्किने निकै कोशिस गरेको बार्सिलोनाको लागि ग्रिजमनले बराबरी गोल गर्दै बार्सिलोनाको इज्जत जोगाए ।

३१ औं मिनेटमा अल्भासका लागि लुईस रिओजाले गोल गर्दै बार्सिलोना विरुद्ध अग्रता बढाए । तर दोस्रो हाफमा दश खेलाडीमा सीमित हुन पुगेपछि बार्सिलोनाल आक्रमणको रणनीति बुन्यो ।

६२ औं मिनेटमा जोटाले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ६३ औं मिनेटमा बार्सिलोनाले गोलको अवसर जुरायो । ग्रिजमनले गोल गर्दै बराबरी गरेपछि बार्सिलोना सम्भावित हारबाट जोगियो ।