
आर्सनल बीचको रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा
एजेन्सी-आज राती म्यानचेष्टर युनाईटेड युनाईटेडले ईग्लिस प्रिमियर लिगमा आर्सनलसँग भिड्दै छ । दुवैको सिजन खासै प्रभावशाली देखिएको छैन् ।
युनाईटेड लिगको १५ औं स्थानमा छ । आर्सनल भने १२ औं स्थानमा । दुई बीच केवल २ अंकको मात्रै फरक छ । आर्सनल ९ अंक लिएर बसेको छ भने युनाईटेड ७ अंकमा छ ।
प्रिमियर लिगमा बलियो क्लबको रुपमा अनुमानित गरिएपनि खेल भने उस्तै बलियो भने देख्न पाईएको छैन् । आर्सनल भन्दा युनाईटेडले एक खेल कम खेलेको अवस्था छ ।
पछिल्लो पाँच सस्करणलाई नियाल्दा युनाईटेड भन्दा आर्सनल नै बलियो रहेको तथ्यांकले देखाएको छ । यद्यपी खेलमा भने नसोजेको नजिता आउँछ ।
गत जनवरीमा भएको प्रिमियर लिग प्रतिस्पर्धामा आर्सनलसँग युनाईटेड २-० गोलले पराजित भएको थियो । अघिल्लो सिजनको प्रतिस्पर्धामा भने दुवैले १-१ गोलको बराबरीमा खेलेका थिए । सन२०१९ का एफए कपमा भने युनाईटेडले आर्सनललाई २-१ गोलले पराजित गरेको थियो ।
हुवान माटा, मार्कस रासफोर्ड, ब्रुनो फर्नाण्डेज तथा ह्यारी मागुईरे लगायतका खेलाडीको खेलले युनाईटेडलाई बलियो बनाउने छ ।
उत आर्सनलका निकोलस पेपे, अलेक्जण्डर लाजाकाट्टे, हेक्टर बर्लिन, डानी सेबालोस लगायतका खेलाडीको प्रदर्शन उच्चस्तरीय छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…