
फाफडु फ्लेसिस व्याटिंग गरेको बलबाट जोगिदैं पन्जाबका बलर ।
एजेन्सी-प्ले अफको सम्भाबना बोकेको किग्स इलाभेन पन्जाब चेन्नई सुपरकिग्ससँग पराजयसँगै सिजनको आईपिएल टुंग्याएको छ । दुवैले समान १४ खेलमा १२ अंक जोड्दै प्ले अफबाट बाहिरिन पुग्दा दुबैको खेल प्रतिष्ठासँग मात्रै जोडिन पुग्यो ।
छैटौं नम्बरमा व्याटिंग गर्न आएको दिपक होडाले अर्धशतकीय पुरा गर्दै पन्जाबलाई ६ विकेटको क्षतिमा १५३ रनको योगफल पुरयाउने भूमिका खेले । होडाले अविजित ६२ रन बनाउने क्रममा ३० बल खेल्न पुगे ।
३ चौका र ४ छक्का स्कोरकार्डमा लेखिदाँ ओपनर केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको लागि राम्रै साझेदारी निभाएका थिए । राहुलले २९ रन बनाउँदा अग्रवालको पनि २६ रनको महत्वपूर्ण योगदान रह्यो ।
तर भरपर्दा व्याट्सम्यान युनिर्भसल बोस क्रिस गेल भने सस्तैमा पभेलियनको बाटो समाए । गेल इमरात ताहिरको लेगस्पीनमा फस्दै एलबीडब्लुको शिकार भए । १२ रन मात्रै जोडेका थिए ।
मन्दिप सिंहले पनि १४ रनको योगदान दिए । तर अन्यको उल्लेख्य प्रभावकारी भूमिका भने देखिएन् । लुन्गी एन्गिडीले सर्वाधिक तीन विकेट लिएका थिए ।
टस जितेर क्षेत्र रक्षण रोजेको चेन्नईले पन्जाबले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा १८.५ ओभरमा पुरा गर्दै जित निकाले । चेन्नईका ओपनर रुतुराज गेकवाडले अर्धशतकीय पारी खेल्दै जितसम्म डोहोर्याए ।
फाफडु फ्लेसिस ४८ रनमा आउट भएपछि गेकवाड र अम्बाटी रायडुले इनिंग सम्हालेका थिए । सात बल बाँकी छदाँ चेन्नईले ९ विकेटले पराजित गर्यो ।
गेकवाडले ६२ रनको योगदान दिदाँ रायडुले ३० रन बनाई अविजिति रहे । ४९ बल खेलेका गेकवाडले ६ चौका र १ छक्का हिर्काए । रायडुले पनि ३० बल नै खेल्दा २ चौका मात्रै स्कोरकार्डमा देखियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…