साउथह्यामटनको प्रतिस्पर्धात्मक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


गोलको खुशीमा रमाउँदै साउथह्यामटनका खेलाडीहरु ।

एजेन्सी-साउथह्यामटनले ईंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार साँझ एस्टन भिल्लामाथि प्रतिस्पर्धात्मक जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

टोटनह्यामसँगको खेलमा दोस्रो हाफमा कमब्याक गर्दै बराबरी गरेर अंक बाँडेको साउथह्यामटनले एस्टन भिल्लामाथि आईतबार ४-३ गोलको फराकिलो जित निकाल्दै अंंक तालिकामा फड्को मार्यो ।

पहिलो हाफमै एकपछि अर्को गोल थप्दै पहिलो हाफमै ३-० गोलको अग्रता लिएको थियो । २० औं मिनेटमा जेनिक भेष्टरगार्डले गोल गर्दै दिलाएको अग्रतामा जेम्स वार्ड प्रोसेले थप दुई गोल गर्दै फराकिलो अन्तर राखे ।

प्रोसेले व्यक्तिगत पहिलो गोल ३३ मिनेटमा गर्दा दोस्रो गोल भने ४५ औं मिनेटमा गर्दै ह्याट्रिक गर्ने लयमा देखिए । ५८ औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथह्यामटनको अग्रतालाई अझ फराकिलो बनाए ।

६२ औं मिनेटमा टायरोनी मिंग्सले गोल गर्दै एस्टन भिल्लाको इज्जत जोगाए । खेलमा कमब्याक गर्ने लय देखाएको एस्टनले इन्जुरीमा समयमा थप दुई गोल गर्दै बराबरी गर्ने संकेतमा देखाउँदा रेफ्रीले खेल सकिएको सिठी फुके ।

इन्जुरी समयमा (९० प्लस ३ मिनेटमा) ओल्ली वाटकिन्सले पेनाल्टी मार्फत गोल गर्दै अग्रतालाई घटाए । ९० प्लस ७ मिनेटमा एस्टनले अर्को गोल थप्यो । ज्याक ग्रिअलिचले गोल गरे । उनको गोलसँगै खेलमा फर्किने संकेत गरेपनि पहिलो हाफमै खाएको तीन गोलले एस्टन बराबरीको अवसरबाट चुक्यो ।