
पेनाल्टीमा गोल गरेपछि चेईसासँग खुशीसाटदै क्रिष्टियानो रोनाल्डो ।
एजेन्सी-कोरोनामुक्त भएपछि बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले दई गोल गरेपछि युभेन्ट्सले स्पेजियामाथि ४-१ गोलको सानदार जित दर्ता गरेको छ ।
अल्भारो मोराटाको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३२ औं मिनेटमा बराबरी गोल खाएपछि दोस्रो हाफ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो ।
रोनाल्डोको झण्डै तीनसातापछि मैदानमा कमब्याक भएपछि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने क्रममा बैकल्पिक रुपमा मैदान छिरेको तीन मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
१४ औं मिनेटमा मोराटाले गोल गर्दा युभेन्ट्सले भने ३२ औं मिनेटमा बराबरी गोलसँगै पहिलो हाफ टुंग्यायो । स्पेजियाको लागि तमासो पोबेगाले बराबरी गोल फर्काएका थिए ।
पाउलो डिभालाको स्थानमा ५६ औं मिनेटमा मैदान छिरेका रोनाल्डोले तीन मिनेटपछि गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । रोनाल्डोलाई गोलको अवसर भने मोराटाले सृजना गरिदिएका थिए ।
खेलको ६७ औं मिनेटमा फेड्रिका चिर्ईसाको पासमा एड्रियन राबिओटले गोल गरेका थिए ।चिर्ईसालाई डिबक्स भित्र फउल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै फराकिलो जित सम्भब बनाए ।
उनले ७६ औंं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेका हुन् । जितसँगै युभेन्टस इटालियन सिरी एमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…