युनाईटेड घरेलु मैदानमा पराजित

- टोटनह्यामको जितमा बेलको निर्णायक गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित


पेनाल्टीमा गोल गरेपछि खुशी हुदैं पियरेक ।

एजेन्सी-आर्सनलले म्यानचेष्टर युनाईटेडकै घरेलु मैदान ओल्ड ट्राफोर्डमा १४ वर्षपछि जित निकालेको छ । ईंग्लिस प्रिमियर लिगकोअवे खेलमा आसर्नलले युनाईटेडमाथि १-० गोलले पराजित गर्न झण्डै १४ वर्ष कुर्नुपरेको थियो ।

इतिहास कोर्ने क्रममा आर्सनलका पिएरे इमरिक औबुमेयांगले पेनाल्टी मार्फत गोल गर्दा फ्रान्सेली स्टार युनाईटेडमा मिडफिल्डर पाउल पोग्बा भने खेलमा खलनायक बनिदिए ।

उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफ गोल रहित टुग्याउँदा गोल गर्ने महत्वपूर्ण अवसर दुवैले गुमाउन पुगे । दोस्रो हाफ शुरु भएपछि पोग्बाले पेनाल्टी बक्सभित्र फउल गरेपछि खलनायकको रुपमा देखिए ।

हेक्टर बर्लिनलाई लडाएपछि ६९ औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पायो । पेनाल्टीको अवसरलाई औबुमेयांगले गोल गर्दै जित दिलाउँदा पोग्बाको खराब प्रदर्शन रह्यो ।

जितसँगै आर्सनलले पाँच वर्षपछि छ वटा ठूला क्लबसँग अवे खेलमा जितको अतिजा आत्मसात गरेको हो । युनाईटेडको व्यवस्थापक ओले गनर सोल्स्कजायरको १०० खेलको हारको श्रृखंला रह्यो । ३९ औं मिनेटमा विलियन्सले हानेको कर्लिङ सट रोकिएको थियो ।

अनमार्क बसेका बुकायो साकाले हानेको हेडिङ बल पनि क्रसबार भन्दा माथिबाट बाहिरिएको थियो । त्यस्तै औबुमेयांगले मिलाईदिएको क्रस पासलाई ह्यारी मागुईरेले हानेको हेडिङ समेत पोष्टभन्दा बाहिरबाट बाहिरिएको थियो ।

उता अर्को खेलमा टोटनह्याम हट्स्परले ब्रिङटनलाई २-१ गोलले पराजित गर्दा गारेथ बेलको निर्णायक गोल हिर्काएका थिए । ह्यारी केनले पेनाल्टी मार्फत अग्रता दिलाएपछि दोस्रो हाफमा ब्रिङटनले बराबरी गोल फर्काएको थियो ।

ब्रिङटनका लागि ५६ औं मिनेटमा टारिक लाम्टेले गोल गरेपछि टोटनह्याम बराबरीमा रह्यो । तर रियलबाट फर्किएपछि गोलको खडेरीमा रहेका बेलले ७६ औं मिनेटमा निर्णायक गोल गर्दै टोटनह्यामलाई महत्वपूर्ण जित दिलाए ।