
पेनाल्टीमा गोल गरेपछि लेवान्डस्की ।
एजेन्सी-वार्यन म्युनिखले साल्जबर्गलाई ६-२ ले पराजित गर्दै च्याम्पियन्स लिगमा आफनो उत्कृष्ट लयलाई कायमै राखेको छ ।
गएराती भएको खेलका रोवर्टो लेवान्डस्कीले दुई गोल गर्दै सानदार जित दिलाउने क्रममा आत्मघाती गोलको उपहार समेत सामेल हुन पुग्यो ।
खेलको चौथो मिनेटमा साल्र्जबर्गले गोल गर्दै वार्यनमाथि दबाव सृजना शुरु गर्यो । तर २१ औं मिनेटमा वार्यनले पाएको पेनाल्टीलाई लेवान्डस्कीले गोल गर्दै बराबरीमा ल्याएका थिए । चौथो मिनेटमा साल्र्जबर्गका लागि र्मिगिम बेरिसाले गोल गरेका थिए ।
रासमस क्रिष्टेनसेनले आत्मघाती गोलगरेपछि वार्यनले अग्रता लिन पुग्यो । ४४ मिनेटमा उनले आत्मघाती गोलगरेका थिए । ६६ औं मिनेटमा मासाया ओकुगावाले गोल गर्दै बराबरीमा ल्याउँदै प्रतिस्पर्धात्मक बनाए । तर वार्यनले आफनो रफ्तारलाई बढाउँदै लग्यो ।
जेरोमे बोयटिंगले ७९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि लिउरे सानेको गोलसँगै वार्यनले अग्रतालाई फराकिलो बनाये । उनले ८३ औं मिनेटमा गोल गरेका थिए । वार्यनका लागि अन्तिम गोल भने इन्जुरी समयमा लुकास हर्नाण्डेजले गरेका थिए । उनको गोलसँगै वार्यनले ६-२ को फराकिलो नजिता निकाल्यो ।
जितसँगै वार्यनले च्याम्पियन्स लिगमा १४ खेल जित्नदै किर्तिमान बनाएको छ । लगातार च्याम्पियन्स लिगको १४ खेलसम्म वार्यनले जित्दै किर्तिमानी बनाएको हो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…