युभेन्ट्सको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


गोलगरेपछि खुशी साट्दै मोराटा(बीचमा) ।

एजेन्सी-बार्सिलोनासँग पराजित भएपछि आलोचना खेपेको युभेन्ट्सले फेरेन्कभारोसलाई फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा बलियो उपस्थिति देखाएको छ ।

क्रिष्टियानो रोनाल्डोले गोल नगरेपछि खेल युभेन्ट्सले फेरेन्कभारोसमाथि ४-१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । अल्भारो मोराटाले दुई गोल हिर्काउँदा पाउलो डिबालाको नाममा एक गोल लेखिएको थियो । बाँकी अर्को गोल भने उपहार मिलेको थियो ।

मोराटाले ७ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रता ६० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए । डिबालाले ७२ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई फराकिलो अन्तर बनाए ।

तर ८१ औं मिनेटमा लासा डिभालीले आत्मघाती गोल गरेका थिए । ९० औ मिनेटमा फेरेन्कभारोसका फ्रायंक बोलीले गोल फर्काए । जुन क्लबको लागि सान्त्वना गोल हुन पुग्यो ।