
बलको लागि प्रयास गर्दै एन्जेल डि मारिया ।
एजेन्सी-गतसिजनको च्याम्पियन्स लिग उपविजेता पेरिस सेन्ट जर्मेन(पिएसजी) नौ खेलाडीमा सीमित हुदैं गएरातीको खेल टुग्याउँदा आरबी लेईपजिगसँग २-१ गोलले पराजित हुन पुगेको छ ।
लेईपजिगले पुनरागमन गर्दै जित निकाल्दा पिएसजी भने अन्तत ९ जना खेलाडीमा सीमित भएका थिए ।
६ औं मिनेटमा एन्जेल डी मारियाको गोलसँगै लिएको अग्रता अन्त्यमा पराजित हुन पुग्यो । ४१ औं मिनेटमा क्रिष्टोफर एन्कुन्कुले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
५७ औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टी मार्फत गोल गर्दै जित सुनिश्चित बनाए । ६९ औं मिनेटमा इड्रिसा गुयेले रातो कार्ड खाँदै मैदान छाड्दा दश जनामा सीमित भएको पिएसजीले अन्त्यमा समेत अर्को खेलाडीलाई मैदान छाडेको हेर्न बाध्य भयो । प्रेस्नेल किम्पेम्बेले पनि रातो कार्ड खाँदै बाहिरिएका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…