नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


बंगलादेश प्रस्थान गर्नु त्रिभुवन विमानस्थलमा नेपाली फुटबल टोली ।

पोखरा-अर्कोसाता बंगलादेशसँग हुने दुईदिने मैत्रीपूर्ण फुटबलको लागि नेपाली टोली बिहीबार दिउँसो ढाका प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको बन्गबन्धु रंगशालामा आगामी १३ र १७ तारिखमा दुईदिने प्रतियोगिता खेल्ने छ ।

झण्डै डेढसाताको प्रशिक्षणपछि नेपाली टोली तयार गरिएको हो । कोरोनाको कहरसँगै फुटबलको प्रशिक्षण शुरु गरिएको थियो । फुटबल शुरु गर्न राष्ट्रिय खेलकुद परिषदले स्वीकृति दिएपछि मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि प्रशिक्षण शुरु गरिएको थियो ।

प्रशिक्षणसँगै तयार गरिएको टोलीमा ८ जना नयाँ अनुहारले राष्ट्यि टोलीमा स्थान बनाएका छन् । चोटका कारण रोहित चन्द भने टोली बाहिर छन् । ३४ सदस्यमा २५ खेलाडी तथा ९ जना अफिसियल रहेका छन् ।

टोली एक साता क्वारेन्टिन बसेपछि प्रशिक्षण गर्न पाउने छ । प्रशिक्षण्कै क्रममा ७ जना खेलाडीलाई कोरोना पुष्टि भएपछि नयाँ अनुहारले अवसर पाएका हुन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले राष्ट्रिय झण्डा दिई बिदाई गरेका थिए ।

टोलीको मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, बिकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् ।

यी मध्ये एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परेका हुन् । एरिक र दर्शन एनआरटीबाट मिडफिल्डमा खेल्दै आएका छन् भने दीपले मनाङबाट खेल्दै गत सिजन ए डिभिजन लिगमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत हासिल गरेका थिए ।

दर्शन लिगको उदीयमान खेलाडी हुन् । विकास र सेसेहाङले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । पुजन मनाङको मिडफिल्डमा खेल्छन् भने दिलेनले जावलाखेलको डिफेन्स सम्हालेका थिए । डिफेन्डर छिरिङले च्यासलबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

लामो समयपछि फुटबल फर्किएकोमा खेलाडीहरु उत्साहित थिए । कप्तान भरत खवासले लामो समयपछि फुटबल फर्किएको भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धाको अवसरप्रति खुशी व्यक्त गरे । उनले थपे फुटबल फर्किएको छ सबैमा उत्साह छ ।