दिल्ली सामु मुम्बईको बलियो लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


दिल्ली विरुद्ध व्याटिग गर्दै ईशान किसन ।

दुबाई(एजेन्सी)-कप्तान रोहित शर्मा गोल्डेन डकआउट हुदैं क्रिज छाडेपछि मुम्बई इण्डियन्सले आईपिएल अन्तर्गत बिहीबार दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर प्रतिस्पर्धामा दिल्ली क्यापिटल्स समक्ष २०१ रनको चुनौति पेश गरेको छ ।

रविचन्द्र आश्विनको बलमा एलबीडब्लुको धरापमा पर्दै आउट भएपछि मुम्बईले दोस्रो विकेटको लागि क्विनडि कक र सुर्यकुमार यादबले ६२ रनको साझेदारी गर्दै उकासेका थिए । यादबले अर्धशतक पुरा गर्दा डि ककले पनि सानदार ओपनिंग गरे । यादवले ५१ रन बनाई आउट हुदाँ छ चौका र २ छक्का हिर्काएका थिए । डिककले पनि ४० रनको इनिंग खेल्ने क्रममा २५ बल खेल्दै ५ चौका र १ छक्का व्याटबाट निस्किएको थियो ।

मध्यक्रमका इशान किसनले अविजित ५५ रनको योगदान दिदाँ मुम्बईले बलियो योगफल तयार पारेको थियो । यादव र डिकक आउट भएपछि इनिंग सम्हालेका इशानले केइरन पोलार्ड र कुर्नाल पाण्डेसँग भने खासै साझेदारी निभाउन भने सकेनन् । पोलार्ड पनि शून्यमै आउट हुदाँ केही दबावमा रहेको मुम्बईले पाण्ड्यालाई पनि सस्तैमा गुमाउन पुग्यो । किसनले हार्दिक पाण्डेसँग ६० रनको साझेदारी निभाए ।

पाण्ड्याले १४ बल मात्रै खेल्ने क्रममा अविजित ३७ रन हिर्काएका थिए । अन्तिम ओभरमा मुम्बईले २० रन बनाएको थियो । १५ औं ओभरमा १४ रन, १६ औं ओभरमा १८ रन हिर्काएको थियो । १७ औं ओभरमा एक विकेट गुमाउँदै दबावमा रहेपनि १८ औं ओभरमा भने मध्यक्रमका व्याट्सम्यान किसन र पाण्डेले व्याट घुमाउन शुरु गरेका थिए ।

१८ औंं ओभरमा १७ रन बनाएको मुम्बईले १९ औं ओभरमा १८ रन बनाएको थियो । कुनै समय रन रोक्दै दबावमा राखेपनि अन्तत बलिंग प्रभावकारी नहुदाँ मुम्बईले ५ विकेटको क्षतिमा २०० रन बनायो । रविचन्द्रले तीन विकेट लिए । एनरिच नोर्टजेको खराब बलिंग रह्यो । चार ओभरमा ५० रन दिदैं एक विकेट नाममा लेखाए । डानियल सामले ४४ रन खर्चिए । कासिगो राबडाले पनि ४२ रन खर्चिए ।