टोटनह्यामको आरामदायी जित

- केनको २ सयौं गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


गोल गरेपछि केन ।

एजेन्सी-ह्यारी केनले टोटनह्याम हट्सपरको लागि २ सय गोलको कोशेढुंगा पुरा गर्दा गएराती लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको छ ।

आफनो दुईसयौं गोल पुरा गर्ने क्रममा केनले युरोपा लिग अन्तर्गत गएराती १३ औं मिनेटमा हेडिङ गोल गरेपछि कोशेढुंगा पुरा गरेका हुन् । ३-१ को आरामदायी जित निकाल्ने क्रममा १३ औं मिनेटमा ह्यारी केनको गोलसँगै टोटनह्यामले अग्रता लिएको थियो ।

टोटनह्यामको अग्रतासँगै केनले क्लब करियरमा दुईसय गोल पुरा गरे । उनको लागि यो निकै महत्वपूर्ण समेत खेल रह्यो । पहिलो हाफ अघि नै टोटनह्यामले अग्रतालाई दोब्बर बनायो । लुकास मोउराले ३२ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

५० औं मिनेटमा लुडोगोरेट्सका लागि क्लाउडिउ केसेरुले गोल गर्दै उत्साहित बनाउने प्रयासमा जुटे । तर ६२ औं मिनेटमा टोटनह्यामको लागि अर्को गोल थप्दै सहज जित दिलाउने क्रममा जिओभाने लो सेल्सोले गोल गर्दै आरामको जित आत्मसात गर्यो ।