क्रिष्टल प्यालेसको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


गोलको खुशी साट्दै क्रिष्टल प्यालेसका खेलाडद्वय ।

एजेन्सी-प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको प्रतिस्पर्धामा क्रिष्टल प्यालेसले लिड्स युनाईटेडमाथि फराकिलो जित रचेको छ ।

हेल्डर कोष्टा आत्मघाती गोलको उपहारसँगै क्रिष्टलले लिड्समाथि फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा ४-१ गोल अन्तर रह्यो ।

स्कोट डानले १२ औं मिनेटमा दिलाएको अग्रतासँगै लिड्समाथि दबाव शुरु गरेको क्रिष्टलले दोस्रो गोल २२ औं मिनेटमा एबरेची एजले गोल गरेका थिए ।

तेस्रो गोल क्रिष्टललाई उपहारस्वरुप प्राप्त हुन पुग्यो । त्यसभन्दा अघि लिड्सले २७ औं मिनेटमा गोल गर्दै प्रतिस्पर्धात्मक बनाउने संकेत गरेको थियो । प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई गोल अन्तर घटाउने प्रयास गरे ।

तर ४२ औं मिनेटमा खाएको आत्मघाती गोलले लिड्सलाई झनै निराश बनायो । हेल्डर कोष्टाले आत्मघाती गोल गरे । जोडर्न एयुले ७२ औं मिनेटमा गरेको गोल क्रिष्टलको लागि अन्तिम हुदाँ नजिता ४(१ को स्थितिमा टुंगियो ।