
लेवान्डस्की गोल गरेपछि खुशी साट्दै ।
एजेन्सी-जर्मनीको बुन्डेसा लिगामा वार्यन म्युनिख र बोरुसिया डर्टमण्ड खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने गर्छ । दुवैको खेललाई बुण्डेसा लिगामा क्लासिकेरको उपमाबाट समेत चिनिन्छ ।
स्पेनिस ला लिगाको रियल मड्रिड र बार्सिलोनाको भिडन्ता इएल क्लासिको जस्तै जर्मन लिगमा यी दुवैको खेल उस्तै हुने गर्छ । दुवैको प्रतिस्पर्धाले दर्शकको ध्यान खिच्छ ।
गएराती यी दुवै एकापसमा आमने सामने भए । बाजी बार्यन म्युनिखले मार्यो । नजिता ३(२ गोलले आफनो पक्षमा पार्यो । जितसँगै वार्यनका स्ट्राईकर रोबर्ट लेवान्डस्कीले सिजनको ११ औं गोल समेत गरे ।
बार्यनले खेलको २५ औं मिनेटमा पहिलो गोल गरेको थियो । तर भिडियो असिष्टेन्ट रेफ्री(भिएआर)ले अफसाईड देखाएपछि बार्यन निराश हुन पुग्यो । लेवान्डस्कीले हानेको प्रहार गोलमा परिणत भएपनि भिएआर नियाल्दा अफसाईड देखिएपछि रद्द हुन पुग्यो ।
पहिलो हाफमै दुवैले बराबरी गोल गरे । ४५ मिनेटमा डर्टमण्डका लागि मार्को रेयसले गोल गर्दै अग्रता दिलाए । तर बार्यनले पहिलो हाफकै इन्जुरी समयमा बराबरी गोल फर्काउँदै लयमा फर्कियो । बार्यनका लागि डेविड अल्बाले बराबरी गोल गर्दै खेल प्रतिस्पर्धात्मक बनाए ।
जितले लिगको शीर्षस्थानमा उक्लिन्थ्यो । दुबैको समान १५ अंक थियो । लेवान्डस्कीले ४८ औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । उनको बार्यनका लागि सिजनको ११ औं गोल थियो ।
स्पष्ट अग्रता लिएको बार्यनका लागि तेस्रो गोल भने लेवान्डस्कीकै पासमा ८० औं मिनेटमा लिरोय सानेले गोल गर्दै बार्यनको अग्रता फराकिलो बनाए । खेल सकिन नजिकिदैं जादाँ अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्ड बराबरी गर्ने तर्फ उन्मुख रह्यो ।
उनले ८३ औं मिनेटमा राफेल गुईरेआईरोका पासमा हालाण्डले गोल गरेका थिए । तर अन्तिम समयसम्म बराबरी गोल गर्न डर्टमण्ड असफल रहदाँ अंक गुमाउन पुग्यो ।
बार्यन जितसँगै बुण्डेसा लिगाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको आरबी लेईपजिग १६ र डर्टमण्ड १५ अंकसहित तेस्रो स्थानमा छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…