युभेन्टस लाजियोसँग बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


क्रिष्टियानो रोनाल्डो ।

एजेन्सी-इन्जुरी समयमा सम्हालिन नसक्दा युभेन्ट्सले सम्भावित जितबाट टाढिदैै लाजियोसँग बराबरी खेल्न पुगेको छ ।

आईतबार भएको प्रतिस्पर्धामा क्रिष्टियानो रोनाल्डोका गोलबाट अग्रता लिएको युभेन्ट्स जितको नजिक पुगेर बराबरीमा चिक्त बुझाउन पुगेको छ ।

१५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । गोलसँगै जितको सिठी फुक्न मात्रै बाँकी रहदाँ गोल खाँदै बराबरीमा चित्त बुझाएर अंक बाँड्यो । इटालियन सिरी एमा १३ अंकसहित तेस्रो स्थानमा रह्यो ।

हुवान काउडराडोको पासमा रोनाल्डोले गोल गरेका थिए । इन्जुरी समयमा जोवाक्विन कोरेयाको पासमा फिलिपे काईसेडोले गोल गर्दै बराबरी गरेका थिए ।