टोटनह्यामको जितमा केनको निर्णायक गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


निर्णायक गोल गरेपछि ह्यारी केन ।

एजेन्सी-ह्यारी केनको निर्णायक गोलमा टोटनह्यामले वेष्टब्रुममाथि १-० को कठिन जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

टोटनह्यामले एकैसाथ ह्यारी केन, ह्युङ मिन सन र गारेथ बेललाई एकैसाथ मैदानमा उतारेपनि जितको लागि निकै संघर्ष गर्नुपर्यो ।

आईतबार साँझ भएको प्रतिस्पर्धामा टोटनह्यामले गोल गर्न अन्तिम सयमसम्म खेल्नुपरेको थियो ।

८८ औं मिनेटमा माट डोहेर्टीको पासमा केनले गोल गर्दै टोटनह्यामलाई जित दिलाए ।