पेनाल्टीको भरमा लिसेष्टरको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


गोल गरेपछि खुशीले उफ्रिदैं भार्डी ।

एजेन्सी-घरेलु मैदानमा पाएको दुई पेनाल्टीमा एक सदुपयोग गर्दै जित दर्ता गरेको लिसेष्टर सिटी ईग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

केही समयको लागि टोटनह्याम हट्सपर १७ अंकसहित शीर्ष स्थानमा रहेको थियो । यद्यपी लिसेष्टरले आईतबार राती उल्भर ह्यामटनमलाई १-० गोलले पराजित गर्दै लिगको शीर्षस्थान कब्जा गरेको हो ।

जेमी भार्डीले उल्भरसित दुई पेनाल्टी हान्ने अवसर पाए । एक गोल गरे । अर्को गुमाए । जितको अन्तर फराकिलो बन्ने थियो । तर दोस्रो पेनाल्टी सदुपयोग गर्न नसक्दा एक गोलमै भार्डीले चित्त बुझाए ।

खेलको १५ औं मिनेटमा पाएको पेनाल्टीलाई भार्डीले सहज गोल गरे । घरेलु मैदानमा उत्साहित लिसेष्टर सिटीले दोस्रो गोलको अवसर पनि उस्तै गरी प्राप्त गर्यो ।

तर दोस्रो अवसरलाई भार्डीले गुमाउन पुगे । ३९ औं मिनेटमा भार्डीको पेनाल्टी बचाउ भएपछि गोल अन्तर बढ्न सकेन् । पहिलो हाफ १-० ले अग्रता लिदाँ दोस्रो हाफमा भने गोल हुन सकेनन् । अन्तत लिसेष्टरले खेल जित्दै लिगको शीर्षस्थानमा कब्जा जमायो ।

केही समयपछि लिभरपुल र म्यानेचष्टर सिटी बीच प्रतिस्पर्धा हुदैं छ । लिभरपुलले जितेको अवस्थामा लिगको शीर्षस्थान उक्लिने छ ।