
पेनाल्टी हिर्कउँदै मोहम्मद सलाह ।
एजेन्सी-म्यानचेष्टर सिटी र लिभरपुलले गएराती ईग्लिस प्रिमियर लिगमा १-१ गोलको बराबरीमा टुग्याएका छन् ।
पेनाल्टीबाट गोलको अग्रता लिएको लिभरपुलले पहिलो हाफ अघि नै बराबरीमा हुन पुग्यो ।
मोहम्मद सलाहले १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई सिटीका ग्रावियल जेससले ३१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा दुवैले थप गोल भने गर्न सकेनन् । बराबरीसँगै एक एक अंक बाँडेका छन् ।
उता अर्को खेलमा आर्सनल भने एस्टन भिल्लासँग स्तब्ध बन्न पुग्यो । २५ औं मिनेटमा आत्माघाती गोलको उपहारबाट अग्रता लिएको एस्टनले थप दुई गोल भने दोस्रो हाफमा सम्भव बनाउँदा खेल ३-० ले आफनो पक्षमा पार्यो ।
२५ औं मिनेटमा बुकाया साकाले आत्मघातीको गोलको उपहार दिए । उनको गोलसँगै अग्रता लिएको एस्टनले पहिलो हाफमा थप गोल गरेन् ।
तर दोस्रो हाफमा एस्टनले सुधारिएको खेल पस्किदैं ओलिई वाट्किन्सले तीन मिनेटमा दुई गोल गर्दै फराकिलो जित सम्भव बनायो । ७२ र ७५ औं मिनेटमा उनको दुई गोल गरेपछि आर्सनल निराशाजनक हार व्यहोर्न पुग्यो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…