
क्रिष्टियानो रोनाल्डो बल नियन्त्रण गर्ने प्रयासमा ।
एजेन्सी-इटालियन सिरी एमा घाईते भएपनि राष्ट्रिय जर्सीमा उत्रिएका क्रिष्टियानो रोनाल्डो बैकल्पिक खेलाडीको रुपमै छिर्दै एन्डोरा विरुद्ध गोल गरेका छन् ।
अन्तराष्ट्रिय फुटबल करियरमा उनको गोल संख्या १०२ पुगेको छ । पोर्चुगलले गएराती अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा एण्डोरामाथि ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
पोर्चुगलको लागि पहिलो गोल गर्दै अग्रता दिलाएका पेड्रो नेटोको स्थानमा मैदान छिरेका रोनाल्डोले ८५ औं मिनेटमा गोल गरेका थिए । नेटोले खेलको ८ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
पहिलो गोलको अग्रता दिलाएका उनी पहिलो हाफपछि मैदान बाहिर रहे । उनको स्थानमा रोनाल्डोलाई अवसर दिइएको थियो । एक पछि अर्को गोल गर्दै दबावमा राखेको पोर्चुगलले दोस्रो गोल पाउलिन्होले गरे । उनले २९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनले नै व्यक्तिगत दोस्रो गोल भने दोस्रो हाफमा सम्भव बनाए । दोस्रो गोल ६१ औं मिनेटमा गोल गरेका थिए ।
रेनोटो सान्चेजले ५६ औं मिनेटमा अर्को गोल हिर्काए । एक गोल पोर्चुगललाई उपहार आयो । इमिली ग्रासियाले आत्माघाती गोलको उपहार दिए ।
पोर्चुगलको दबाव त्यतिमा मात्रै सीमित रहने । कमजोर रहेको एण्डोरा माथि एकपछि अर्को आक्रमणको रणनीति बुन्दै पोर्चुगलले स्कोर निकाल्यो । ८५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अगाडि बढाए । पोर्चुगलको अन्तिम गोल जोआयो फ्ल्क्सिले ८८ औं मिनेटमा गोल गर्दै खेल ७(० गोलको नतिजासँगै टुंगिएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…