रोनाल्डो ओल्ट ट्राफोर्ड फर्किन्छन त?

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


सरुवा बजारमा रोनाल्डोको चर्चा ।

एजेन्सी-सरुवा बजारमा युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई ढल्कदो उमेरसँगै बेच्ने चर्चा छ । उनी लामो समयपछि प्रिमियर लिग खेल्न फेरी फर्कने सम्भावनालाई औल्याएको छ ।

रोनाल्डोलाई ओल्ट ट्राफोर्ड फर्काउने समेत बताइएको छ । पोर्चुगल स्टईकर रोनाल्डोलाई युभेन्ट्सले क्लबको आर्थिक भारकै कारण बेच्ने योजनामा छ ।

लामो समयपछि ओल्ट ट्राफोर्ड फर्काउने प्रयास गर्ने योजना समेत बताएको छ । युभेन्ट्सले रोनाल्डोको विषयमा भने म्यानचेष्टर युनाईटेडले चासो देखाएको अवस्थामा छलफल गर्ने जनाएको छ ।

रातो जर्सीमा रोनाल्डोले केही वर्ष विताए । ७ नम्बरको जर्सी लगाए । उनी युनाईटेड फर्किने विषयमा समेत सबैले चासो देखाएका छन् । सम्भवत यो नै म्यानचेष्टर युनाईटेड फर्किने समय हो त ? प्रश्न उठेको छ ।