हंगेरीको पुनरागमन जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


हंगेरी विरुद्ध गोल गर्दै आइसल्याण्ड ।

एजेन्सी-अन्तिम चार मिनेटमा दुई गोल गर्दै हंगेरीले आइसल्याण्डमाथि पुनरागमन गर्दै २-१ ले पराजित गरेको छ । युरोपियन च्याम्पियन्सीप छनोट खेलमा हंगेरीले अन्तिम समयमा कमब्याक गर्दै महत्वपूर्ण निकाल्दा आइसल्याण्ड जितको नजिक पुगेर हार व्यहोर्न पुगेको छ

११ औं मिनेटमा आईसल्याण्डले अग्रता लिदैं जित तर्फ उन्मुख भएको थियो । पहिलो हाफदेखि ८७ औं मिनेटसम्ममा आफनो पकड कायम गरिराखेको आइसल्याण्ड अन्तिम चार मिनेट सम्हालिन नसक्दा हारबाट जोगिन सकेन् । आईसल्याण्डका लागि गाय्ल्फी सिगार्डसनले गोल गर्दै अग्रता दिलाएका थिए ।

८८ औं मिनेटमा बराबरी गोल गर्दै हंगेरीले कमब्याक गर्यो । लोईक नेगोले हंगेरीका लागि बराबरी गोल गर्दै खेलमा फर्कियो । इन्जुरी समय(९० प्लस २) मिनेटमा अर्को गोल गर्दै जित पक्का बनायो ।

इन्जुरी समयमा डोमिनिक जोबोस्ज््लाइले गोल गर्दै जित सुनिश्चित गरेका थिए । उनलाई डेविड मिकोलस सेजरको पासमा गोल गर्दै युरोपियन च्याम्पियन्सीप प्ले अफ खेलमा जित निकाल्यो ।