नेपाल बंगलादेशसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


बल नियन्त्रणको प्रयासमा बंगलादेशी र नेपाली खेलाडी ।

पोखरा-बंगलादेशको भ्रमणमा रहेको नेपाल मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पराजित भएको छ । बंगबन्धु रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० गोलले पराजित भएको हो । नेपाल बंगलादेशसँग ५ वर्षपछि हार व्यर्होन पुग्यो ।

विदेशी भूमीमा नेपाली प्रदर्शन लोभलाग्दो रहेन् । दोस्रो हाफ सुधारिएको प्रदर्शन गरेपनि स्कोरिङ निकाल्न असफल हुदाँ पराजयको भागिदारी बन्यो । नेपाल पहिलो हाफमा गोल खाँदै दबावबाटै खेल शुरु गरेको थियो । दोस्रो हाफमा थप एक गोल खाँदै २-० को अवस्थामा खेल टुंगियो ।

नेपालले बंगलादेशलाई साफ च्याम्पियनसिपमा पराजित गरेको थियो । सन २०१६ मा भने गोलरहित बराबरीका टृगिएको थियो । बंगलादेशसँग सन २०१५ मा मैत्रीपूर्ण खेलमै नेपाल पराजित हुन पुगेको थियो । मैत्रीपूर्ण खेलमा नेपालको हार दोेहोरियो । कोरोना कहरले लामो समय नेपाली खेलकुद जगत पूर्णरुपमा ठप्प हुन पुग्यो । केही दिनको प्रशिक्षण पनि नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विकास खवास, एरिक श्रेष्ठ र दर्शन गुरुङले डेब्यु गरे ।

पहिलो हाफको ९ औं मिनेटमै नेपाल दबावमा रह्यो । नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । सादले दिएको क्रसपालाई सदुपयोग गर्ने क्रममा जीवनले गोल गर्दै स्पष्ट अग्रता दिलाए । त्यसभन्दा अघि नेपाली टोलीले पनि अवसर सदुपयोग गर्न सकेन् । १४ औं मिनेटमा नेपालले फ्रिकिको अवसर पायो । सुजल श्रेष्ठले किक गरेको बललाई बंगलादेशी डिफेन्सले क्लियर गर्दै नेपाली चुनौतिलाई पन्छाए ।

नेपालले पाएका अवसरलाई गुमाउँदा पहिलो हाफमै बराबरी गोल गर्न असमर्थ रह्यो । एकपछि अर्को मुभ बनाएपनि फिनिसिङ टच देखिएन् । स्कोरिङमा प्रत्यक्ष कमजोरी देखिएको थियो ।
२७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दुरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोकिदाँ नेपालले थप गोलको सामना भने गर्न परेन् ।

३९ औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल भएन् । यद्यपी फुत्किएको बललाई अन्जन विष्टले हानेको प्रहार बंगलादेशी गोलरक्षकको हातमै पर्यो । पहिलो हाफमा १(० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्की छिरेका थिए ।

५५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवान नियन्त्रणमा राख्दै प्रहार गरेको बल डिफेण्डरसँग ठोक्किदैं बाहिरियो । ७१ औं मिनेटमा भरत खवासको प्रयास पोस्टभन्दा माथि जाँदा खेलमा बंगलादेशको अग्रता कायम जोगिरह्यो । मैत्रीपूर्ण सिरिजको दोस्रो खेल नेपालले आगामी मंसिर २ गते खेल्ने छ । उपाधिको लागि नेपाललाई फराकिलो जित अनिवार्य छ भने बंगलादेशलाई बराबरी पर्याप्त हुने छ ।