फ्रान्ससँग पोर्चुगल पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


खेलको क्रममा रोनाल्डोको प्रतिक्रिया ।

एजेन्सी-नेसन्स लिग अन्तर्गत गएराती पोर्चुगललाई पराजित गर्दै फ्रान्सले समूहको शीर्षस्थानमा यथावत छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा एन्गोलो कान्टेको निर्णायक गोलमा फ्रान्सले पोर्चुगलमाथि महत्वपूर्ण जित दर्ता गर्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर दोस्रो हाफमा फ्रान्सले खेल सुधार्दै स्कोरिङ निकाल्यो ।

पोर्चुगलले आफनै घरेलु मैदान लिस्बनमा भएको प्रतिस्पर्धामा ५३ औं मिनेटमा खाँदै पराजित हुन पुग्यो । कान्टेको गोल निर्णायक रह्यो ।

कान्टेको यो दोस्रो अन्तराष्ट्रिय गोल थियो । उनले चार वर्ष अघि २०१६ मा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए ।

पोर्चुगल २०१८ को विश्वकपपछि फ्रान्ससँग दोस्रो हार हो । विश्वकप च्याम्पियन्स फ्रान्स १३ अंकसहित शीर्षस्थानमा छ ।