
जितपछि खुशी साट्दै जर्मनीका खेलाडीहरु ।
एजेन्सी-टिमो वार्नरको दुई गोलको मद्दतमा जर्मनीले युक्रेनमाथि ३-१ गोलले पराजित गर्दै नेसन्स लिगको समूहको शीर्षस्थानमा रहेको छ । स्पेन दोस्रो स्थानमा छ ।
१२ औं मिनेटमा गोल खाएको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो । युक्रेनका रोमन यारेम्चक गोल गर्दै अग्रता दिलाए । तर २३ औं मिनेटमा लिओरे सानेले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । खेलको ३३ औ) मिनेटमा वार्नरले व्यक्तिगत पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दिलाउँदा उनले दोस्रो गोल भने ६४ औं मिनेटमा सम्भब बनाउँदै जित पक्का गरेका थिए ।
नेसन्स लिगकै अर्को समूहमा स्वीडेनले क्रोयसियामाथि २-१ को गोलले पराजित गरेको छ । डेजान कुलुसेभेस्कीको गोलसँगै अग्रता लिएको स्वीडेनका लागि निर्णायक गोल मार्कस डेनिल्सनले गरेका थिए ।
३६ औं मिनेटमाा डेजानले गोल गरे । मार्कसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै जित सुनिश्चित बनाए । क्रोयसियाको लागि एक गोल उपहार प्राप्त भयो । मार्कस डेनिल्सनले नै ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…