खेलाडीलाई कोरोना हुदाँ नर्वे र रोमानियाको खेल रद्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


अर्लिंग हालाण्ड रोमानिया विरुद्ध हेडिङ गोल गर्ने प्रयास गर्दै । तस्बिर फाईल

एजेन्सी-नेसन्स लिग अन्तर्गत नर्वे र रोमानिया बीचको खेल रद्द गरिएको छ । नर्वेका खेलाडीमा कोरोना संक्रमण देखिएपछि नर्वेले आईतबार रोमानियासँग हुने भनिएको खेलमा रोमानिया यात्रामा निस्केन् । कोरोनाकै कारण नर्वेको राष्ट्रिय स्वास्थ्य संस्थाले यात्रा गर्न बन्देज लगाएको छ ।

युरोपियन फुटबल संघ (युईएफए)ले नर्वे रोमानियाको भ्रमणमा ननिस्किएको उल्लेख गर्दै खेल स्थागित भएको जनाउ दिएको छ । रद्द खेल अर्को तारिख खेल्ने योजना भएपनि खेल्ने दिन तय गर्न सकिरहेको छैन् ।

अर्को मिति तय नहुदाँ नर्वेले खेल गुमाउन सक्ने सम्भावना छ । नेसन्स लिगमा रोमानियाँसँग नर्वेले नखेल्दा रोमानियलाई नजिता ३-० दिईने सम्भावनाले नर्वे डराईरहेको छ । रोमानियाको बुकारेष्टमा खेल्ने तय गरिएको थियो ।

युईएफएले निर्णय लिनु अघि नै अनुशासनात्मक समितिमा सुपुर्दगी गर्ने छ । त्यसपछि मात्रै निर्ण गर्ने जनाइएको छ ।