
सर्जियो रामोस
एजेन्सी-रियल मड्रिडका कप्तान सर्जियो रामोस जनवरीदेखि क्लबसँगको सम्झौता सकिदैं छ । क्लबसँगको सम्झौतासँगै उनले बेर्नाबेउ छाड्ने संघारमा छन् ।
बेर्नाबेउ छाड्ने संघारमा रहेका रामोसलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले भित्र्याउने चासो देखाएको छ । जनवरीदेखि उनी अन्य क्लबमा सरुवाको लागि छलफल शुरु गर्ने छन् ।
पिएसजीले रामोसलाई तीन वर्षे सम्झौत गरी भित्रयाउने चाहना राखेको छ । उनलाई २० मिलियन युरोको प्रस्ताव गरिएको छ । प्रस्तावसँगै बोनस रकम समेत दिने उल्लेख छ ।
तर रियलले भने उनलाई अझै एक वर्ष राख्न सक्ने सम्भावना छ । एक वर्षे सम्झौता पछि दोस्रो वर्षको लागि भने केही सर्तहरु पालना गर्दै सहमति गर्ने योजनामा समेत रियल मड्रिड रहेको इएसपिएन स्रोतले उल्लेख गरेको छ ।
रियलले पछिल्लो समय कोरोनाको कहरसँगै खेलाडीको पारिश्रमिकमा कटौती गर्दै लगेको छ । त्यसले पनि खेलाडीहरु असन्तुष्ट छन् ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…