
म्यानचेष्टर युनाईटेडका खेलाडी तफ अफिसियल । तस्बिर स्काईस्पोर्टस ।
एजेन्सी-म्यानचेष्टर युनाईटेडले सात वर्षको अवधिमा खेलाडी खरीद गर्न एक विलियन पाउण्ड (१ खर्ब ५६ अर्ब ८७ करोड चार लाख २१ हजार ५ सय रुपैयाँ) खर्च गरेको छ । सन २०१३ मा युनाईटेडका व्यवस्थापक सर एलेक्स फर्गुसनको बहिर्गमनपछि क्लबले त्यति रकम खर्च गरेको स्काई स्पोर्टसको समाचारमा उल्लेख छ ।
त्यो अवधिमा चार व्यवस्थापक परिवर्तन भए । ३६ खेलाडीले युनाईटेडको जर्सी लगाए । व्यवस्थापकको रुपमा डेविड मोयाज आए । उनले क्लबलाई २०१३/२०१४ सम्म हेरे । उनको समयमा माउरोनी फेलानी २९ मिलियन र हुवान माटा ४० मिलियन पाउण्डमा भित्रयाएका थिए ।
उनको कार्यकालपछि क्लब सम्हाल्न लुईस भान गाल आईपुगे । उनले क्लबलाई २०१४ देखि २०१६ सम्म सम्हलेका थिए । गालको समयमा १३ जना खेलाडीलाई भित्र्याए । केही फ्रि ट्रान्सफरबाट क्लब भित्रिदाँ केही भने लोनमा युनाईटेड आईपुगेका थिए । गालले महत्वपूर्ण खेलाडीको रुपमा एन्जल डि मारिया(६७.५ मिलियन), लुके शा(३३.७५ मिलियन), एन्थोनी मार्सल(५४ मिलियन)मा भित्र्याएका थिए ।
क्लबमा सबैभन्दा बढी खेलाडी भित्रयाउने काम भने जोसे मोरिन्होले गरे । उनले क्लबलाई २०१६ देखि २०१८ सम्म हेरे । सबैभन्दा महंगामा पाउल पोग्बालाई भित्र्याए । युभेन्टसबाट पोग्बालाई किर्तिमानी मूल्य ९३ .२५ मिलियनमा भित्र्याएका थिए । त्यसैगरी रोमेलु लुकाकुलाई ९० मिलियन खर्चिएका थिए । फ्रेडलाई ६१.२ मिलियन खर्चिदाँ एलेक्स सान्चेजलाई आर्सनलबाट ३० मिलियनमा भित्रयाईएको थियो । भिक्टोर लिन्डेलोफलाई ३९.५ मिलियन, नेमान्जा माटिकलाई ४० मिलियन, एरिक बेलीलाई २६.५ मिलियन खर्चिएका थिए ।
सन २०१८ देखि हालसम्म ओले गनर सोल्स्कजाइरले सम्हालेका छन् । उनको समयमा ह्यारी मागुईरेलाई ८० मिलियन, एरोन वान बिसाकालाई ५० मिलियन, ब्रुनो फर्नाण्डेजलाई ६७.७ मिलियन र डोनी भान डि बिकलाई ३९ मिलियन पाउण्ड खर्चिएको थियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…