
नेपाली टोली ।
पोखरा-लामो समयपछि मैदानमा उत्रिएको नेपाली टोलील बंगलादेशमा उपाधि विहीन फर्किएको छ । बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित टुग्याएको नेपाल पहिलो खेलमा २-० ले पराजित भएको थियो । जसले उपाधि बंगलादेशको नाममा रह्यो ।
पहिलो खेल भन्दा नेपालले निकै सुधारिएक खेल पस्कियो । आक्रमणको रणनीति बनेपनि नेपालले स्कोर निकाल्न भने सकेन् । बलमाथिको नियन्त्रण प्रयास गरेको नेपालले दोस्रो खेलमा अघिल्लो भन्दा निकै उत्कृष्ठ प्रदर्शन गर्यो । खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाउँदै घरेलु मैदानमा बंगलादेशले अग्रता बनाउने अबसर नेपाललाई दिएन् । २३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरिएको थियो ।
दुवै टोलीले उत्कृष्ट अवसर पाएका थिए । तर टोलीबाट गोल निस्किएन् । एकपछि अर्को मुभ बनाएका दुवै टोलीका लागि सदुपयोग हुनै सकेन् । दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गर्न पाए । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ गुरुङको क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र प्रहार गर्न असमर्थ हुदाँ नेपालले गोल गर्ने महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो ।
७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकासियो । ७१ औं मिनेटमा नेपालले दुई परिवर्तन गर्दै सेसेहाङ आङदेम्बे र रवि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शनको स्थानमा प्रवेश गर्दै डेब्यु जनाए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टमा लागेर फर्कियो । नेपालको लागि त्यो दुर्भाग्य हन पुग्यो । र अन्तत खेल गोलरहित बराबरीमा सकियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…