
गोलको खुशीमा रमाउँदै स्पेनका खेलाडीहरु ।
एजेन्सी-जर्मनीलाई उसैको मैदानमा स्पेनले लज्जास्पद हार चखाउने क्रममा ६-० को ऐतिहासिक जित निकालेको छ । फेरान टोरेसको करियरको पहिलो ह्याट्रिक गर्ने गर्दा जर्मनी सन १९३१ पछिकै सबैभन्दा खराब नतिजामा हार व्यहोर्न पुग्यो ।
नेसन्स लिग अन्तर्गत गएराती जित दुवैको लागि अनिवार्य नै थियो । जितले सेमिफाईनलको ढोका खोल्दा हारले बाहिरिने खतरा थियो । स्पेनले जर्मनीलाई लज्जास्पद हार चखाउँदै फ्रान्सको लागि अन्तिम चारमा आफनो स्थान सुरक्षित बनायो ।
फेरानले ह्याट्रिक पुरा गर्दै ऐतिहासिक बनाए । पहिलो हाफ अघि नै जर्मनी ३-० ले पछि परेको थियो । अल्भारो मोराटाले १७ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । फेरानले व्यक्तिगत पहिलो गोल भने ३३ औं मिनेटमा गर्दै स्पेनलाई अगाडि बढाइ ।
स्पेनका लागि तेस्रो गोल ३८ औं मिनेटमा रोड्रीले गरे । एकपछि अर्को गोलको सामना गरेको जर्मनी स्पेन सामु निकै निरिह बन्न पुग्यो । फेरानले व्यक्तिगत दोस्रो गोल भने ५५ औं मिनेटमा गर्दै स्पेनलाई ४-० को अवस्थामा पुर्याए ।
फराकिलो जित तर्फ उन्मुख भएको स्पेनले एकपछि अर्को गोलको रणनीति बुन्दा जर्मनीको डिफेन्स कमजोर देखिएको थियो । फेरानले व्यक्तिगत तेस्रो गोल भने ७१ औंमा गर्दै आफनो ह्याट्रिक पुरा गरे । अन्तिम गोल भने ८९ औं मिनेटमा मिकेल ओएरजाबालले गरे ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…