रुवेनको निर्णायक गोल पोर्चुगलको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित


जोआओ फेलिक्स गोल गर्ने प्रयास गर्दै ।

एजेन्सी-नेसन्स लिग अन्तर्गत गएराती पोर्चुगलले दशखेलाडीमा सीमित क्रोयसियामाथि ३(२ गोलको नजिता निकालेको छ । पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई पोर्चुगलले उल्ट्याउँदै जित आत्मसात गर्यो ।

क्रोयासिया दश खेलाडीमा सीमित भएपछि पोर्चुगलले तीनै गोल हिर्काएको थियो । ५१ औं मिनेटमा मार्को रग रातो कार्ड खाँदै बाहिरिएपछि क्रोयसिया दश खेलाडीमा खेल्न पुग्यो ।

दशखेलाडी हुनु अघि नै २९ औं मिनेटमा माटेओ कोभासिचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने अभागी हुन पुग्यो । खेलाडी गुमाएपछि ५२ औं मिनेटमा पोर्चुगलले बराबरी गोल फर्कायो ।

रुवेन डियासले गोल गर्दै बराबरीमा ल्याएपछि खेल प्रतिस्पर्धात्मक बन्यो । ६० औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दिलाए । ६५ औं मिनेटमा क्रोयसियाले बराबरी गोल फर्काउँदै खेल रोमाञ्चक बनाए ।

६५ औं मिनेटमा कोभासिचले नै व्यक्तिगत दोस्रो गोल गरे । दशखेलाडीमा सीमित भएको फाईदा उठाउने क्रममा पोर्चुगलले ९० औं मिनेटमा डियासले निर्णायक गोल गर्दै जित दर्ता गरेका थिए ।