अर्जेन्टिनासँग पेरु पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित


पेरु विरुद्ध बल अगाडि बढाउँदै मेस्सी।

एजेन्सी-विश्वकप छनोट अन्तर्गत बुधबार विहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको छ । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १७ औं मिनेटमा अर्जेन्टिनाका लागि निकोलास गोन्जालेजको गोलसँगै अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको पासमा निकोलासले गोल गरेका थिए ।

दोस्रो गोल २८ औं मिनेट लाउटुरो मार्टिनेजले गरे । उनले लेन्ड्रो पारेडेसको पासमा गोल गर्दै जित सुनिश्चित बनाए । दोस्रो हाफमा गोल हुन सकेन । नजिता अर्जेन्टिनाले २-० ले खेल आफनो पक्षमा पार्यो ।