बेल्जियम नेसन्स लिगको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


लुकाकुले गोलगरेपछि खुशी मनाउँदै बेल्जियमका खेलाडीहरु ।

एजेन्सी-डेनमार्कलाई ४-२ गोलले पराजित गर्दै बेल्जियम नेसन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ । केही दिन अघि मात्रै ईग्ल्याण्डलाई पराजित गरेको बेल्जियमले डेनमार्कलाई पनि सजिलै पराजित गरी अन्तिम चारमा आफनो स्थान सुरक्षित बनाएको हो ।

सेमिफाईनलको ढोका खोल्न इन्टरमिलानका स्ट्राईकर रोमेलु लुकाकुले दुई गोल गरे । योरी टियलीमन्सले खेलको ३ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्काउँदै लयमा देखियो । डेनमार्कका लागि जोनास विन्डले गोल गरेका थिए ।

पहिलो हाफ १(१ गोलको बराबरीमै टुंगियो । तर दोस्रो हाफमा भने बेल्जियम हावी हुन पुग्यो । लुकाकुले व्यक्तिगत पहिलो गोल ५७ औं मिनेटमा गर्दै अग्रता दिलाए । उनलै ६९ औं मिनेटमा अर्को गोल थप्दै फराकिलो गोलसँगै जित सुनिश्चित हुने सम्भावना देखाए ।

८७ औं मिनेटमा म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुनेले गोल थपे । बेल्जियमका अर्का स्ट्राईकर हाजार्ड भने कोरोना संक्रमित भएपछि नेसन्स लिगमा सहभागिता जनाएका छैनन् । ८८ औं मिनेटमा बेल्जियमका नासेर चाड्लीले आत्मघाती गोलको उपहार दिए ।